काठमाडौँ– बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टी शुक्रबार पोखरामा हुँदैछ। नेपाली सेनाको हेलिकप्टरमार्फत अधिकारीको शव पोखरा ल्याइएको हो ।


ADVERTISEMENT


अधिकारीको शव अहिले पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा श्रद्धाञ्जलीका लागि राखिएको छ । श्रद्धाञ्जलीका लागि उनको शव १२ देखि ४ बजे सम्म राखिने छ ।


ADVERTISEMENT

# # #


यसअघि मन्त्री अधिकारीसहित दुर्घटनामा ज्यान गुमाएका सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको थियो । श्रद्धाञ्जली पछि प्रदर्शनी केन्द्र नयाँबजारबाट शुरु हुने शव यात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोकहुँदै रामघाटमा लगेर अन्त्येष्टी गरिनेछ।

अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने नेपाल सरकारले यसअघि नै निर्णय गरिसकेको छ। रामघाटमा राजकीय सम्मानका लागि नेपाली सेनाले सलामी दिनेछ। उनको अन्तिम श्रद्धाञ्जलीका लागि नेकपाले तीन जना नेता पोखरा पठाएको छ ।

रामघाटमा अन्त्यष्टि गर्नुअघि वामदेव गौतम र नारायकाजी श्रेष्ठले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनेछन् भने उपप्रधान एवमु रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाउने छन् ।