विराटनगर– सुनसरीको दुहवीमा सम्पन्न अन्तराष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधी नेपालको विभागीय टोली सशस्त्र प्रहरीले जितेको छ ।


ADVERTISEMENT


मनमोहन स्मृति प्रतिष्ठान नेपाल, दुहवी नगरपालिका, विभिन्न उद्योगको सहयोगमा सुनसरी र मोरङ तान डोरी संघको संयुक्त आयोजनामा दुहवीमा शुक्रबार सम्पन्न सो प्रतियोगितामा शसस्त्रले फाइनलमा भारतको बिहारलाई हराउँदै उपधी चुमेको हो । प्रतियोगिताका विजेता टोली सशस्त्रले नगद ५० हजार रुपैयाँ, शिल्ड, ट्रफि र प्रमाण पत्र हात पारेको छ ।


ADVERTISEMENT

# # #


उपविजेता बनेको भारतीय टोलीले नगद २५ हजार, शिल्ड, ट्रफी तथा प्रमाण पत्र हात पारेको छ । खेलमा भारतका दुइ र नेपालका ८ टिमको सहभागिता रहेको थियो ।

खेलको उद्घाटन कार्यक्रममा दुहवी नगरपालिकाका मेयर वेद नारायण गच्छदारले गरेका थिए । सो अबसरमा बोल्दै मेयर गच्छदारले खेलकुदले स्वास्थ्यका लागि फाइदाजनक मात्र नभएर आपसी भाइचारा अभिवृद्धि गर्ने माध्यम समेत भएको बताए ।

कार्यक्रममा डोरी तान संघका केन्द्रीय उपाध्यक्ष तथा मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटका प्रिन्सिपल डा. शुभाष श्री पोखरेलले अन्य खेलहरु जस्तै डोरि तान खेलको विकास र प्रवर्द्धनमा पनि सरकारले ध्यान दिनुपर्ने बताए । उनले डोरि तान खेलको महत्व बेग्लै भएकाले यो खेललाई नेपालका सवै प्रदेशका जिलला जिल्लामा पुर्याउने योजना रहेको जानकारी दिए ।

कार्यक्रममा तान डोरी संघका केन्द्रीय सदस्य सत्यनारायण चौधरीले दुहवीमा सम्पन्न गरिएको डोरी तान प्रतियोगिता सवै तहमा पुर्याइने बताउँदै सार्क स्तरीय खेलको आयोजना गर्ने लक्ष्य रहेको बताए । कार्यक्रममा मोरङ डोरी तान संघका अध्यक्ष रिता न्यौपानेले सो खेल विश्वका १ सय ८० देशमा खेलाईँदै आएको जानकारी दिए । कार्यक्रमको अध्यक्षता सुनसरी डोरी तान संघका अध्यक्ष निश्चलराज शाक्यले गरेका थिए ।