काठमाडौँ– नेपाल युवा परिषदले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ‘राष्ट्रिय युवा सम्मेलन २०१९’ आयोजना गर्ने भएको छ । ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका एक युवा र एक युवतीहरुलाई राजधानीमा ल्याई सम्मेलन गर्न लागिएको युवा परिषदले जनाएको हो । सम्मेलन आउँदो अगष्ट १०-१२ सम्म चल्नेछ ।


ADVERTISEMENT


पर्यटन नेपाल भ्रमण वर्ष २०२०, ५० अण्डर ५० (लैंगिक समानता), दिगो विकास लक्ष्य, युवा नेतृत्व, र युवा उद्यमशिलतालाई मुख्य विषय बनाएर उक्त सम्मेलनको आयोजना हुन लागेको हो । विगत ७ वर्ष देखि युवाको नेतृत्व, उद्यमशिलता, दिगो विकासको लक्ष्य र व्यक्तित्व विकासको क्षेत्रमा सक्रिय नेपाल युवा परिषदले सबै प्रदेशका युवाहरुलाई स्थानिय आर्थिक तथा सामाजिक क्षेत्रमा नेतृत्वदायीभुमिका ल्याउने उदेश्यका राष्ट्रिय युवा सम्मेलन आयोजना गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


कसरी सहभागी हुने ?

३ दिनसम्म चल्ने सम्मेलनमा २०४ जना युवाहरुको सहभागिता रहनेछ । जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुनेछ भने अन्य ५० जनामा विभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व हुनेछ । जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछ । विगतका बर्षहरुमा झैँ यस बर्ष पनि १८ देखि ३० बर्ष उमेर समुहका युवाहरुआफ्नै स्थानीय तह वा आफ्नै जिल्लामा नै रही अध्ययन गरिरहेका वा व्यवसाय संचालन गरिरहेका वा सामाजिक रुपमा कार्यहरु गरिरहेका युवाहरुले मात्र राष्ट्रिय युवा सम्मेलन २०१९ मा सहभागी हुन पाउनेछन् ।

स्थानीय सरकारसंग सोही जिल्लामा अध्ययन गरी बसिरहेको हो भनि सिफारिस पत्र लिएर मात्र सम्मेलनमा सहभागी हुन पाउनेछ । प्रत्येक प्रदेशका सहभागिहरुले सम्मेलनमा सहभागी हुन आउनु भन्दा अगाडी पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ती मुख्यमन्त्रीलाई बुझाउनुपर्नेछ । यस्तै सहभागी भएपश्चात् पनि सम्मेलनको घोषणापत्र र प्रेस विज्ञप्ती प्रदेशको मुख्यमन्त्री र स्थानीय निकायलाई बुझाउनुपर्नेछ।

सम्मेलनमा प्रत्येक प्रदेशलाई १र१ स्टल दिइनेछ । जहाँ सहभागीहरुले आफ्नो प्रदेशको कला संस्कृति, पर्यटनलाई प्रवद्र्धन गर्ने विभिन्न सामाग्री प्रदर्शनको लागि राख्न पाउनेछन् । त्यो स्टल तिन दिनसम्मनै कार्यक्रम स्थलमा राखिनेछ । ३ दिनको अवधिभरि राखिने स्टलहरुमा प्रत्येक प्रदेशको संस्कृति, पर्यटन र भेषभुषालाई प्रवर्द्धन गर्नको निम्ति राखिने साम्रगीहरु सहभागिहरुले आफैले ल्याउनु पर्ने आयोजकले जनाएको छ ।