काठमाडौँ– दिन प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभको रोेशी गाउँपालिका मंगलटारस्थित मंगल जनविजय क्याम्पसलाई बेन्चडेस्क प्रदान गरेको छ ।


ADVERTISEMENT


शनिबार एक समारोहका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ६० वटा बेन्च डेक्स क्याम्पस प्रशासनलाई हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


साथै सो क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ्ग चेतनामूलक शिक्षा प्रदान गरी बैंक तथा बित्त सम्बन्धी अन्र्तरक्रिया समेत गराउनु भएको थियो । उक्त समारोहमा संघीय संसदका माननीय सदस्य शशी श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।