काठमाडौँ– रामबाबु गुरुङको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘साँइली’ ट्रेलर सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा प्रेम र मित्रता देख्न सकिन्छ ।


ADVERTISEMENT


जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ ।


ADVERTISEMENT

# # #


चलचित्रमा विशाल गुरुङ र मोहनराना मगरेको लगानी छ । विजय अवाले, विकास पोजास, शुभेच्छा केसी चलचित्रका सह–निर्माता हुन् । मणिराम पोखरेल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा विक्रम स्वाँरको कोरियोग्राफी, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । यो चलचित्र चैत्र १५ गतेबाट रिलिज हुँदैछ ।