काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातँछे श्रेष्ठ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT


लेनदेनसम्बन्धी उजुरी मिलाइदिने भनी सेवाग्राहीसँग श्रेष्ठले रु २५ हजार घुस माग गरेको आरोप लागेको छ । आयोगले बिगो बमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यस्तै आयोगले आजै नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पर्सा, छिपहरमाईका प्रधानाध्यापक प्रभु गिरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेड, श्रीपुर शाखा वीरगञ्जबाट कृषि ऋण मिलाइदिने बहानामा प्रअ गिरीले एक सेवाग्राहीसँग पहिलो चरणमा रु १२ हजार घुस मागेको अभियोग लागेको छ ।

कृषि कर्जा लिनका लागि बैंकका कर्मचारीलाई मिलाउनुपर्छ भन्दै अब्बास मिया र गिरीले समेत रकम लिने गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

मिया रेडक्रस प्राथमिक विद्यालय मुडली फूलवरियामा प्रधानाध्यापक हुन् । उनीहरुले स्थानीयवासीलाई कृषि ऋणको लोभमा घुस लिने गरेको आयोगको आरोप छ । आयोगले मियालाई भने रु ५२ हजार बराबरको बिगो गरेको जनाएको छ ।