काठमाडौं– भरतपुर महानगरपालिका वडा नम्बर ११ का छत्र बहादुर पोखरेल र बेलमाया पोखरेलले आफूहरुलाई सोही स्थानका देवराज थपलियाले जालसाँझी गरेर ठगेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित दम्पत्ति पोखरेलले यस्तो आरोप लगाएका हुन् । थपलियाले आफूहरुलाई कानुनी प्रक्रिया पुर्याएर सर्वस्वसहित उट्ठीबास लगाएको उनीहरुको गम्भीर आरोप छ ।


ADVERTISEMENT

# # #


‘हामीले हाम्रै छिमेकीमाथि विश्वास र भरोसा गर्दा आज हाम्रो उठिबास भएको छ ।’ पीडित बेलमायाले भनिन्, ‘राज्यले यसप्रति गम्भिर कदम चाल्नुपर्छ ।’ उनले आफूहरुलाई जसरी पनि न्याय दिलाउन सरकारसमक्ष हारगुहार गरिन् ।

‘छोरा भरत पोखरेलले मुद्दा हालेको बेला थपलियाले हामीलाई सहयोग गर्ने बहानामा ठगी गरे । तपाईहरुलाई सहयोग गर्छु भाउजु भनेर भन्यो, तर उसको नियत सफा रैनछ’ उनले थपिन्, ‘हामीलाई सुरुमा अपांगता भत्ता दिलाउनको लागि हस्ताक्षर लिईएको भएपनि पछि त आफूहरुलाई उठीबास लगाउन यस्तो प्रपञ्च रचिएको छ । अहिले हामी कुखुराको खोरमा बसिरहेका छौं ।’

मुद्दा मामिला मिलाईदिन्छु भनेर निज थपलियाले आफूहरुसँग पटक पटक गरेर ५ लाख रुपैयाँ ठगी गरेको पनि उनले सुनाईन् । उनले भनिन्, ‘अदालतले पनि फोन रेकर्ड सुनेन्। अहिले थपलियाले मलाई उल्टै ७ महिना जेलमा हालिदिन्छु भनेर धम्की दिएको छ।’

पत्रकार सम्मेलनमा बोल्दै सामाजिक अध्यता ज्योतिलाल बनले अदालती फैसलाका आधारमा हुन पुगेको यस चरम अन्यायले कानुनी राज, मानव अधिकार, सामाजिक न्याय र मानवताको समेत खिल्ली उाडएको अनुभव सुनाए ।

उनले भने,‘महानगरपालिकाको आँगनमा नै हुन पुगेको यस खुलेयाम डकैतिप्रति मनपाका प्रमुखलगायत कसैलेपनि केही वास्ताव्यस्ता गरेको पाईँदैन् ।’ छत्रबहादुर परिवारको जम्मा श्रीसम्पति १० धुर जग्गामा ईटाको गारो र जस्ताको छानो भएको २ कोठे घर, अनि एउटा भान्सा र अर्को सामान्य राखनधरनमा प्रयोग गरिँदै आएकोसमेत गरी २ टा छाप्रा मात्रै रहेको थियो ।’ अन्यथा कानून बमोजिम हुनेछ र फैसला कार्यान्वयनमा बाधा पु¥याएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ’ भन्ने उल्लेख थियो ।

उनकाअनुसार पोखरेलका चार वटा श्रीमती थिए । अहिले उनलाई साँहिली श्रीमती बेलमाया पोखरेलले साथ दिएकी छिन् । उनले थपे,‘छत्रबहादुर रुखबाट लडेर अपाङ्ग अवस्थामा पुगे । २०७१ साल बैशाख १३ गते रुख चढ्दा लडेर गंभीर घाइते भएपछि उनलाई परिवारबाट यथासक्य औषधी उपचार नगरिएको हैन, तर पनि उनको अवस्थामा अपेक्षित सुधार हुन सकेन । यो घटनापछि उनी राम्ररी हिडडुल गर्न, बोल्न र आँखा पनि राम्ररी देख्न नसक्ने अवस्थामा पुगे । अहिले पनि उनको अवस्थामा कुनै सुधार हुन सकेको छैन ।’

उनले थप कथा सुनाए,‘यसरी श्रीमान अपाङ्ग अवस्थामा पुगेको केही दिनपछि नै घर छाडेर बाहिर बस्न थालेकी पार्वतिलाई जाली देवराजले अंशका लागि छत्र र बेलमायाँका बिरुद्ध मुद्द देउ भनेर उक्साउन थाले । देवराजले यसरी उक्साउनु पछाडी छत्र परिवारलाई आपसमा जुझाएर त्यसबाट आफूले नाजायज फाइदा उठाउनु नै उनको नियत रहेको थियो । त्यसै कारणपार्वतीले अंश दावी गर्दै मुद्दा दिने तयारीमा लागिन् । त्यसैगरी सवारी चालकको काम गर्दै सपरिवार बाहिर बस्दै आएका छोरा भरतले पनि अंश दावी गर्न थालेको चर्चा चल्न थाल्यो । पर्वती तथा सौताने छोरा भरतको यो योजनाको जानकारी गराउने सुत्र पनि देवराज नै बने । ‘आफै झाक्री आफै बोक्सी’ को दोहोरो भूमिका खेलिरहेका देवराजको षडयन्त्रका बारेमा बेलमायाँ, छत्र र बिमायाँलाई केही थाहा थिएन ।’

कार्यक्रममा पीडित दम्पत्तिका छिमेकी तथा महिला अधिकारकर्मीद्धय पार्वती लामिछाने र कमला अर्यालले पनि पीडितलाई न्याय दिलाउन सरकार गम्भिर बन्नुपर्ने माग गरे । उनीहरुले पीडितको लागि न्याय माग्दा उल्टै आफुहरुलाई समेत धम्की आउने गरेको गुनासो पोखे ।