काठमाडौँ– २८ औं समुहको प्रहरी अधिकृत (प्राविधिक) तर्फको आधारभूत तालिम सुरुवात भएको छ ।


ADVERTISEMENT


आइतबार एक समारोहका बीच राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धीरु बस्न्यातले उक्त तालिमका उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै एआइजी बस्न्यातले समाज र संगठनप्रतिको दायित्व बोध गरेर प्रशिक्षणमा भाग लिन प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

उनले अपराध अनुसन्धान तथा अन्य प्रहरी कार्यमा सहजता ल्याउनका लागि प्राविधिक प्रहरीहरुको आवश्यकता भएको भन्दै प्रतिष्ठानको प्रशिक्षण वातावरणले प्रशिक्षणमा सहभागीलाई व्यवसायिक प्रहरी बनाउनमा सहयोग पुर्याउने विश्वस व्यक्त गरे ।

अनुशासित भएर तालिममा सहभागी हुन उनले आग्रह गरे ।

कार्यक्रममा अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी नायब महानिरीक्षक (डीआइजी) राम प्रसाद श्रेष्ठ, प्रतिष्ठानका सह–निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवर लगायत प्रहरी पदाधिकारी उपस्थित थिए ।

कार्यक्रमका अवसरमा एआइजी बस्न्यातले वृक्षारोपण समेत गरेका थिए ।आइतबारबाट सुरु भएको तालिम ९५ दिनमा सकिनेछ ।

आधारभूत प्रशिक्षणमा प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) ७ जना, प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) ११ जना र प्राविधिक प्रहरी नायब निरीक्षक (सबइन्सपेक्टर)४ जना गरी जम्मा २२ जना (पुरुष १४, महिला ८) को सहभागिता रहेको छ ।