इस्लामाबाद – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सैनिकको नियन्त्रणमा रहेका भारतीय वायु सेनाका विंग कमान्डर अभिनन्‍दन वर्तमानलाई फिर्ता गर्ने घोषणासँगै उनलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने कुरा उठेको छ । तर प्रधानमन्त्री खानले भने आफू नोबेल शान्ति पुरस्कारको हकदार नभएको बताएका छन् । उनले कश्मीर समस्याको समाधान निकाल्ने व्यक्तिलाई यो पुरस्कार दिइनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


इमरानले यस समस्याको भएपछि उपमहाद्वीपमा शान्ति र मानवीय विकासको मार्ग पनि तयार हुनेछ । भारतीय लडाकु जहाजका पाइलट अभिनन्दन वर्तमानलाई रिहा गरेपछि आफूलाई नोबेल पुरस्कार दिइनुपर्ने बहस भइरहेका बेला इमरानले मुख खोलेका हुन् ।


ADVERTISEMENT

# # #


पाकिस्तानीहरुले प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै अभियान नै चलाएका छन्। उनीहरुले शनिबारबाट खानलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै देशभर अनलाइन हस्ताक्षर अभियानसमेत चलाएका हुन्।

बीबीसीका अनुसार आइतबार दिउँसोसम्म तीन लाखभन्दा बढी हस्ताक्षर स‌ंकलन भइसकेका छन। उनीहरुले प्रधानमन्त्री खानले भारतीय विंग कमान्डर अभिनन्दनलाई रिहा गरेर छिमेकी मुलुक भारतसँगको सम्भावित युद्धलाई टारेको बताएका छन्।

पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले इमरानलाई नोबेल पुरस्कार दिने प्रस्ताव संसद सचिवालयमा पेश गरेका थिए । यसमा भारतको आक्रमण रवैयाकाका कारण परमाणु शक्ति सम्पन्न देशबीच युद्धको अवस्था बनेका बेला इमरानको कदमले शान्तिको बाटो खोलेको जनाइएको छ ।

प्रस्तावमा शान्तिका लागि इमरानको कदमको सबैले प्रशंसा गर्नु पर्ने उल्लेख गरिएको छ । यसका लागि उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गर्नु उपयुक्त हुने उनको भनाइ छ ।

यसैबीच पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का वरिष्ठ नेता सैय्यद खुर्शिद शाहले अझै पनि यो उपमहाद्वीपमा युद्धको हालत रहेको जिकिर गरे । युद्धको अवस्था नटरेको भन्दै उनले इमरानलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिनु हतार हुने बताएका छन् । उनले भारतीय पाइलट अभिनन्दनलाई रिहा गरिएकोमा पनि प्रश्न गरेका छन् ।

शाहले यस जटिल समयमा विपक्षले सरकारलाई पूरा सहयोग दिए पनि इमरानले विपक्षी सांसदलाई भेटसम्म नदिएको गुनासो गरे । उनले नोबेल पुरस्कारको चर्चा गरिरहेका बेला इमरानले विपक्षी सांसदहरुलाई भेटसमेत नदिएर रुखो व्यवहार देखाएको आरोप लगाएका छन् । एजेन्सी