काठमाडौँ– दोलखा जिल्ला, जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ र प्राइम कमर्सियल बैंक लिमिटेडको संयुक्त आयोजनामा साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । आइततबार नगरपालिका कर्मचारी र उद्योग बाणिज्य संघका सदस्यहरुलाई बित्तिय साक्षरता दिइएको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले समसामयिक बैंकिङ्ग अबस्था, चुनौती, समाधानका उपाय एवं अबसरका बारेमा स्पष्ट पारेका थिए । यस्तै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर  लाल श्रेष्ठले बैंकिङ्ग साक्षरता कार्यक्रम अन्तर्गत बैंक तथा बित्त सम्बन्धी ज्ञानबद्र्धक प्रस्तुति दिए ।
उक्त कार्यक्रममा जिरी नगरपालिकाका मेयर टंक जिरेल, जिरी उद्योग बाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पा लगायतको उपस्थिति रहेको थियो ।