काठमाडौँ– गत वर्ष नामिबियामा भएको डिभिजन टु क्रिकेट प्रतियोगितामा क्यानडा विरुद्ध करण केसीले गरेको इनिङ वर्षको उत्कृष्ट क्षण घोषित भएको छ । क्रिकेट प्लेअरर्स एशोसियसन नेपाल (सीप्यान)द्वारा प्रदान गरिएको अवार्डमा उक्त क्षणका लागि करण केसीले पुरस्कृत भएका हुन् ।


ADVERTISEMENT


पुरस्कार बापत उनले ६६ हजार रुपैयाँ प्राप्त गरेका छन् । करणले क्यानडाविरुद्ध लगभग हार निश्चित भइसकेको खेलमा अन्तिम विकेटका लागि सन्दीप लामिछानेसंग मिलेर अविजित ५१ रनको साझेदारी गरेर ऐतिहासिक जित दिलाएका थिए ।


ADVERTISEMENT

# # #


उक्त खेलमा उनले ३१ बलमा नटआउट ४२ रन बनाएका थिए । जसमा ३ चौका र ४ छक्का समावेश थिए ।  त्यही जितले नेपालले विश्वकप छनोट मात्र खेलेन, एक दिवसीय मान्यता समेत पाएको थियो ।