काठमाडौँ–  युवा लेग स्पिनर सन्दीप लामिछाने  र सीता रानामगर वर्षको उत्कृष्ट क्रिकेट खेलाडी बनेका छन् । उनीहरुले अन्य चार जनालाई पछि पार्दै क्रिकेट प्लेअरर्स एशोसियसन नेपाल (सीप्यान)द्वारा प्रदान गरिएको उक्त अवार्ड हात पारेका हुन् । पुरुष तर्फको उत्केष्ट खेलाडी सन्दीप चुनिँदा महिलातर्फ सीता उत्कृष्ट ठहरिइन् ।


ADVERTISEMENT


पुरस्कार बापत उनले एक लाख ३२ हजार र सीता रानामगरले ६६ हजार पुरस्कार रकम प्राप्त गरेका हुन् ।  उक्त मनोनयनमा पुरुष तर्फ सन्दीपसहित दीपेन्द्र सिंह ऐरी, करण केसी, पारस खड्का र सोमपाल कामी रहेका थिए । यस्तै महिलातर्फ सीताले  सरिता मगर, रुबिना क्षेत्री, कबिता कुँबर र इन्दु बर्मालाई पछि पार्दै पुरस्कार हात पारेकी हुन् ।


ADVERTISEMENT

# # #


यस वर्ष सन्दीपले अष्ट्रेलियाको बिग बास लिग, बंगलादेश प्रिमियर लिग लगायतका क्रिकेट प्रतियोगिता खेलेका छन् । सन्दीपले गत वर्ष नेपालका लागि ३२ खेल खेलेका थिए । जसमा २३५.४ ओभर बलिङ गर्दै ३० मेडेन ओभर सहित ८४ विकेट लिएका थिए ।