काठमाडौं– सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आफ्नो क्षेत्र विशेष तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT


सांसद लक्ष्मी परियारले पेशागत स्थायित्वको लागि राहत शिक्षक र बाल विकास शिक्षकहरुले फागुन २० गते राजधानीमा गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै तत्काल माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराइन् ।


ADVERTISEMENT

# # #


सांसद बसन्त कुमार नेम्वाङले राष्ट्रिय प्राथमिकता प्राप्त ठूला योजनालाई तीब्र विकास गर्नका लागि आवश्यक कानुन निर्माण गर्न माग गरे । सांसद विरोध खतिवडाले वार्तामार्फत राहत शिक्षकको माग सम्बोधन गर्न सरकारसँग माग गरे । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वाहिर बाट आएकाहरुबाट चकलेट, विस्कुट, घडी, ल्यापटप लगायत जफत हुने गरेको भन्दै उनले सो बारे रेकर्ड सार्वजनिक गर्न पनि उनले माग गरे ।

सांसद विष्णु शर्माले सीमा क्षेत्रको दशगजाभित्र घाँस काट्न जादा सीमा क्षेत्रका बासिन्दाले कर तिर्नुपर्ने बाध्यता भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद सत्या पहाडीले हिमाली र पहाडी जिल्लामा अझै पनि बैकका शाखा कार्यालय स्थापना हुन नसकेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सञ्जय कुमार गौतमले प्रदेश नम्बर ५ का सभासद् भूमेश्वर थापाको बर्दियास्थित घरमा पसी सीआइबीका मान्छे हौ भन्दै खानतलासी गर्ने काम भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद ज्ञान कुमारी छन्त्यालले स्थानीय साझेदारी पुर्वाधार कार्यक्रममा प्रत्येक्ष सासदलाई मात्रै पूर्ण अधिकार दिई समानुपातिकलाई विभेद गरिएको भन्दै समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराइन् ।