काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहिबार एक विज्ञप्ति जारी गर्दै चैत ४ गते विहान ११ बजेलाई बैठक बोलाएको जानकारी दिए । यसअघि फागुन १४ गतेको बैठक बस्दै नबसि स्थगित भएको थियो ।


ADVERTISEMENT


४ गतेको बैठकमा अनुसाशन समिति, निर्वाचन समिति गठनका साथ नेतृत्वविहिन नेविसंघलगायतका विषयमा छलफल हुने देखिन्छ ।


ADVERTISEMENT

# # #


१४ गतेको बैठकमा अनुसाशन, निर्वाचन समितिमा भागबन्डाका कारण बैठक बस्न सकेको थिएन । संस्थापन पक्षले बहुमतका आधारमा निर्णय गरेर जाने तयारी थालेपछि संस्थापन इतर पक्षले बैठक बहिस्कारको चेतावनी दिएका थिए । त्यसपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अनिश्चितकालका लागि बैठक स्थगित भएको बताएका थिए ।

यस विषयमा आफ्नो रणनीति बनाउन पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा इतरपक्षले गत मंगलबार र बुधबार दुई दिन छलफलसमेत गरेको छ ।