काठमाडौं– राज्य विप्लवको आरोप लागेको स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई रिहा गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको छ ।


ADVERTISEMENT


प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलास साधारण तारेखमा रिहा राखेर अनुसन्धान गर्न भनेको हो । जिल्ला अदालतले रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।


ADVERTISEMENT

# # #


राउतलाई गैरकानूनी ढंगले थुनिएको भन्दै परेको रिटमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो ।