काठमाडौँ – शिवम् सिमेन्टले “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” उपभोक्ता योजना अन्तर्गत पुनः चौथो चरणको ६० भाग्यशाली कुपन विजेता मार्फत १२० जना विजेताहरुको नाम लक्की–ड्र गरी सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


यस अघिनै पहिलो, दोस्रो र तेस्रो चरणको लक्की–ड्र गरी ३६० जना छनौटमा परिसकेका थिए । यस योजना अन्तर्गत भाग्यशाली विजेताहरुले काठमाडौं–गोसाईकुड–काठमाडौं हेलिकप्टर मार्फत देवदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् ।


ADVERTISEMENT

# # #


चौथो चरणको लक्की–ड्र अन्तर्गत शिवम् सिमेन्ट्ले पत्रकारहरुको सहभागितामा आफ्नो आधिकारीक फेसबुक पेज मार्फत प्रतक्ष्य प्रसारण गरी पोखराबाट उक्त विजेताहरुको नाम सार्वजनिक गरिको थियो । यस अघिनै काठमाडौं, हेटौंडा र जनकपुरमा भएको लक्की–ड्र मा ३६० जना भाग्यशाली विजेताहरु छनौट गरिनुका साथै अधिकांश विजेताहरुले हेलिकप्टर मार्फत गोसाइकुण्ड देवदर्शन यात्रा गरि सकेका छन् ।

यस योजनामा हालसम्म २४० कुपन मार्फत ४८० जना छनौट भई सकेका छन् । यस योजना अन्र्तगत जम्मा ४८२ जना भाग्यशाली विजेताको छनौट गर्नुपर्ने भए तापनि उपभोक्ताहरुको उत्साहजनक सहभागिताका कारण काठमाडौं–गोसाईकुण्ड यात्रा अन्र्तगत २०२ जनाथप गरी ६८४ जना भाग्यशाली विजेताहरु छनौट हुनेछन, तसर्थ अझै १०२ कुपन अन्तर्गत २०४ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्टले यहि पुस ५ गते देखि “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो । जस अन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी हात खाली नहुने उपहार रु.१०० देखि १००० सम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको थियो ।