काठमाडौँ– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रेबैंक लिमिटेड काठमाडौँबीच बैंकासुरेन्स सम्झौता भएको छ ।


ADVERTISEMENT


उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महा प्रबन्धक आशिष सिंह र माछापुच्छ्रे बैंक लिमिटेडका तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सो बैंक अस्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले माछापुच्छ्रे बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।