काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान कारबाहीमा परेका छन् । धनगढीमा सम्पन्न भएको तेस्रो संस्करणको धनगढी प्रिकियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगिता बहिष्कार गरेका ज्ञानेन्द्रलाई टेक्निकल कमिटिले दुई सातापछि कारबाही गरेको हो ।


ADVERTISEMENT


मैदानमा अनुपस्थित भएर खेल भावना विपरित गतिविधि गरेको भन्दै टेक्निकल कमिटिले उनलाई चार खेलको प्रतिबन्ध लगाएको हो । आफ्ना प्रमसख बलर अंकित दावसलाई प्रतिबन्ध लगाएको भन्दै फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा काठमाडौँले महेन्द्रनगर युनाइटेडसंगको खेल बहिष्कार गरेको थियो ।


ADVERTISEMENT

# # #


प्रतिबन्धसंग ज्ञानेन्द्रले घरेलु चार खेल खेल्न पाउने छैनन् । यद्दपी उनी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नका लागि भने योग्य हुनेछन् । उनले आउँदै गरेको आठौँ राष्ट्रिय खेलकुदका चार खेलमा सहभागिता जनाउन पाउने छैनन् ।

यता ज्ञानेन्द्र मल्लले पनि कारबाही स्वीकार गरिसकेका छन् ।