काठमाडौँ – सरकारले छुट्टै राज्यको माग गर्दै आएको  सिके राउत नेतृत्वको  स्वतन्त्र मधेस गठबन्धनका सबै नेता कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने निर्णय भएको छ । राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमती घोषणा सभामा सरकार र राउतबीत ११ बुँदे सहमती भएको हो ।


ADVERTISEMENT


सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट चन्द्र कान्त (सिके) राउतले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमती अनुसार गठबन्धनले अखण्ड नेपाललाई स्वीकार गरेको छ ।


ADVERTISEMENT

# # #


– सरकारले हाम्रो मुद्दाको संवेदनशीलता बुझ्यो, अब देश विकासमा लाग्छौँ : सिके राउत

– प्रधानमन्त्री ओलीद्वारा सिके राउतको प्रशंसा : ‘निर्णय गर्ने क्षमतामा प्रचण्ड जत्तिकै असाधारण !’

स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरु माथि लगाइएको राज्य विरुद्धको अपराध लगायत सम्पूर्ण मुद्दाहरु फिर्ता लिइने र हिरासतमा रहेका नेता कार्यकर्ताहरुलाई नि:शर्त रिहा गरिने सहमति पत्रमा उल्लेख छ । यस्तै गठबन्धनका नेता कार्यकताहरुलाई नेपालको संविधान प्रदत्त अधिकारको उपयोग गर्दै मुलधारको राजनीति गर्न अवरोध नपर्याइने पनि सहमतिमा समेटिएको छ ।

यस्तै गत भदौ १५ गते  प्रहरी हिरासतमा मृत्यु भएका  गठबन्धनका बाँके जिल्ला संयोजक राम मनोहर यादवका परिवारलाई राज्यका तर्फबाट उचित क्षतीपूर्ती दिइने र एक सदस्यलाई राजगारीको व्यवस्था गर्ने सहमतीमा उल्लेख छ । यस्तै गठबन्धनको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको जिम्मा राज्यले लिने बताइएको छ ।