काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिंसाको राजनीति असम्भव साबित भइसकेको बताएका छन् । राष्ट्रिय सभागृहमा शुक्रबार स्वतन्त्र मधेशको माग गर्दै आएका सिके राउतसंग राजनीतिक सहमति समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले देश विरोधी कुनैपनि शक्तिसंग सहमति हुन नसक्ने बताए ।


ADVERTISEMENT


उनले राउतले आन्दोलन त्यागेर शान्तिपूर्ण बाटोमा आएकोमा प्रशंसा गर्दै पुष्पकमल दाहाल प्रचण्डसंग तुलना गरे । उनले सरकारसँग ११ बुँदे सहमति गरेर राउतले प्रचण्डले जस्त्ै असाधारण निर्णय क्षमता देखाएको बताए ।


ADVERTISEMENT

# # #


प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान बनाउने कामको एक ढंगले अगुवाइ गरी त्यसपछि एमाले र माओवादीबीच एकता गर्नु ठूलो निर्णय क्षमता भएको ओलीले बताए । ‘जो सुकैले, सानो हिम्मतकोले सक्दैन । सीके राउतजीमा पनि असाधारण निर्णय क्षमता देखेँ’ उनले भने ।

सीके राउत पढेलेखेको विद्वान र वैज्ञानिक रहेको भन्दै ओलीले कता कता बाटो बिराउँदा बिराउँदै बिग्रने हो कि भन्ने डर आफूलाई रहेको बताए । ‘तर खुशी लाग्यो । टेक्नोक्रयाट मात्र होइन थिंकर पनि हो सीके राउत ।’

– सरकारले हाम्रो मुद्दाको संवेदनशीलता बुझ्यो, अब देश विकासमा लाग्छौँ : सिके राउत

– सरकार र सिके राउतबीच ११ बुँदे सहमति

उनले देश टुक्र्याउँछु भन्ने कुरा यहीँ समाप्त भएको बताए ।