काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आगामी चैत्र मसान्त भित्र द्वन्द्वपीडितहरुको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


मन्त्री ढकालले संवैधानिक व्यवस्था अनुसार अति आवश्यकीय कानुन निर्माणको काममा केन्द्रित हुनु परेकाले द्वन्द्वपीडितको समस्यालाई समाधान गर्ने काममा केही ढिलाई हुन गएको पनि स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


उनले द्वन्द्वकालीन पीडालाई सम्बोधन गर्न सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको म्याद आगामी चैत्र मसान्तसम्म थप गर्नु परेको पनि स्मरण गराए । आईतबार काठमाडौंमा आयोजित द्वन्द्वपीडितहरुको पीडालाई समेटेर बनाइएको ‘चहराइरहेका घाउ’ नामक वृत्तचित्रको उद्घाटन गर्दै मन्त्री ढकालले द्वन्द्व पीडितहरुको समस्या समाधान गर्न आवश्यक सुझाव दिन पनि सबै पक्षलाई आग्रह गरे ।
मन्त्री ढकालले पीडित पक्षसँग घनिभूत छलफल गरेर सरकारले द्वन्द्व पीडितहरुको समस्या समाधान गर्ने पनि दोहोर्याए ।