काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।


ADVERTISEMENT


आइतबार भएको यस सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६८ वटै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका थिए ।

बैंकले देशका विभिन्न भागहरुमा ६८ वटा शाखा तथा २० वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।