काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकार र राउतबीच भएको ११ बुँदे सहमति खारेज गर्नका लागि सबै पार्टीहरु एकजुट भएर सरकारलाई दबाब दिनुपर्ने बताएका छन् । राष्ट्रघाती सहमति खारेजीका लागि देशमा रहेका सबै दलहरु एक ठाउँमा उभिनुपर्ने उनले बताएका हुन् ।


ADVERTISEMENT


नेता महरले राउतसंग सरकारले गरेको सहमति र त्यसपछि भएका गतिविधि शंकास्पद र राष्ट्रघाती भएको भएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने माग गरेका हुन् ।  राष्ट्रघाती सहमति खारेजीका लागि देशमा रहेका सबै दलहरु एक ठाउँमा उभिनुपर्ने उनले बताएका हुन् ।  सिके राउतसंगको सम्झौता विखण्डनकारी रहेको र यसले देशलाई दुर्घटनातर्फ लैजाने उनले बताए ।


ADVERTISEMENT

# # #


‘सरकार राष्ट्रिय अखण्डताको पक्षमा उभिनुपर्नेमा विखण्डनकारीको पक्षमा उभिएको जस्तो देखिएको छ’, नेता महरले भने, ‘जुन कुरा कुनै पनि स्वाभीमानी नेपाली लाई स्वीकार्य हुन सक्दैन, कम्युनिस्ट राष्ट्रियताको भण्डाफोर गर्नु आम नेपालीको कर्तव्य बनेको छ।’

सहमतिपछि राउत र सरकार दुबै पक्षकको मत बाझिने गरेकाले पनि गम्भिर आशंका पैदा गरेको उल्लेख गरे । उनले अदालतको निर्णय आउनु भन्दा केही दिन अगाडी नै सरकार र सिकोको हस्ताक्षर कार्यक्रम तय भएकोमा शंका व्यक्त गरे ।

राउतको समर्थनमा जनकपुरमा गरिएको तामझाम र लगाइएका नाराले मुलुकको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था सिर्जना भएको उनको भनाई थियो ।

बहुमतको बलमा सरकारको रबैया निकै बढेको र उक्त रबैया कांग्रेसलाई स्वीकार्य नहुने उनले बताए। समयमै नसच्चिए कम्युनिष्ट मुलुकबाट नै पतन हुने उनको भनाई छ।