काठमाण्डौ र चन्द्रागिरी नगरपालिका–१२ मा इनार खन्ने क्रममा पुरिएका राम माझीको २६ घण्टापछि शव निकालिएको छ। आइतबार साँझ घरको इनार खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिएका सिन्धुलीका ३५ वर्षीय माझीको (हिजो)सोमबार राति मृत अवस्थामा निकाल्न सकिएको हो।


ADVERTISEMENT


आइतबार इनारको रिङ हाल्ने क्रममा माटोको ढिस्को खसेर पुरिएका माझीको ९हिजो०सोमबार रातिमात्र मृत अवस्थामा उद्दार गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिनुभयो। माझीको शव ३० फिट तलबाट निकालिएको उहाँले बताउनुभयो।


ADVERTISEMENT

# # #


माटो निकै कमजोर भएको कारण उक्त घटना घटेपनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शव निकालेको हो। शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरीले जनाएको छ।