विराटनगर — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठनको तयारी भइरहेको बताएका छन् । विराटनगरको सहिद रंगशालामा आजबाट सुरु भएको साफ महिला फुटबल प्रतियोगिताको उद्घाटन गर्न आएका अध्यक्ष दाहालले मङ्गलवार संवाददाताहरूसँग यस्तो कुरा गरेका हुन् ।


ADVERTISEMENT


‘आज बिहान मात्र प्रधानमन्त्रीसँग मन्त्रिमण्डल पुनर्गठनको विषयमा कुरा भएको छ,’ अध्यक्ष दाहालले भने, ‘अहिले म सिधै बालुवाटारबाट यहाँ आएको हुँ। मन्त्रिमण्डल पुनर्गठनको विषयमा कुरा भएको थियो।’


ADVERTISEMENT

# # #


प्रधानन्त्रीले अध्यक्ष दाहालसँग पुर्नगठनका बारेमा राय मागेका थिए। ‘प्रधानमन्त्रीजीले गर्नुपर्‍यो भने दुईवटा अध्यक्षबीचमा छलफल गरौँला तर अहिले हतारै चाही छैन भन्नुभयो’ अध्यक्ष दाहालले भने, ‘मैले यो निर्णय तपाईँले नै गर्नुहोस् भनेको छु। यो तपाईँको मूल्याङकनमा भर पर्ने कुरा हो र अधिकार पनि तपाईँकै हो।’

अर्को प्रसंगमा उनले संविधानले दिएको व्यवस्था अनुसार प्रदेशलाई अधिकार दिइने पनि बताए । सरकारले अधिकार दिने र खास्ने भन्ने कुरा नहुने भन्दै प्रदेशलाई संविधानअनुसार अधिकार दिइनुपर्छ भन्ने आफ्नो भनाई रहेको प्रचण्डले बताए ।

जति अपेक्षा गरेको त्यति गति पक्रेन की भन्ने जनगुनासो आएको उनले बताए। ‘त्यो कुरा हाम्रो प्रधानमन्त्रीजीलाई पनि थाहा छ मलाई पनि थाहा छ,’ उनले भने, ‘छिमेकीहरूसँग नयाँ सहमति भएका छन्। सामाजिक सुरक्षा जस्तो महत्त्वपूर्ण काम भएको छ। युवा स्वरोजगारका कुरा आएका छन्। आउने दिनमा सरकारले अझ गति लिन्छ भन्ने हाम्रो बुझाइ छ।’