काठमाडौँ– मोहनविक्रम वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले विप्लवमाथि प्रतिवन्ध सरकारले तुरुन्त फिर्ता लिनुपर्ने माग गरेको छ ।


ADVERTISEMENT


पार्टीको बुधबार बसेको स्थायी समिति बैठकले सरकारद्वारा नेकपा विप्लव समूहका नेताकार्यकर्ताहरुलाई व्यापक रुपमा धरपकड गर्ने तथा यातना दिने तथा प्रतिबन्ध लगाउने कदमलाई फासिवादी चरित्रको सज्ञा दिदै उक्त प्रतिवनध फिर्ता लिन विशेष माग गरेको हो ।


ADVERTISEMENT

# # #


जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफूलाइ कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समुहमाथि गरिएको फासिवादी व्यवहार निन्दनीय छ । अतः हाम्रो पार्टी सरकारको यस प्रकारको फासिवादी गतिविधिको तथा व्यवहारको कडा विरोध तथा भर्त्सना गर्दै राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा गर्न, धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न र सो प्रतिबन्ध फिर्ता लिन सरकारसित विशेष माग गर्दछ ।’

त्यस्तै वैद्यको पार्टीले फागुन २४ मा नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सहमतिको दोस्रो बुँदामा “तराइमधेश लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं” भनी उल्लेख गरिएकोमा त्यसलाई “जनमत संग्रहमा जान सहमत भएको” भनेर स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट अर्थ्याइएको भन्दै यसरी सहमतिमा अमूर्त भाषा र द्विअर्थ लाग्ने विवादास्पद पदावली प्रयोग भएकोमा त्यसको विरोध गरेको छ ।

साथै राष्टिय अखण्डता तथा सार्वभौमिकता जस्तो सम्वेदनशील विषयमा सरकारका तर्फबाट गल्ती भएकोमा त्यसलाई अविलम्व सच्याउन पार्टीले विशेष आग्रह गरेको छ । यस्तै पार्टीले टीकापुर हत्याकाण्डको घटना राजनीतिक प्रकृतिको विषयलाई अदालती कारवाहीको विषय बनाइएकोमा विरोध गरेको छ ।