काठमाडौं – आयोजक नेपाल पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


विराटनगरको शहीद रंगशालामा बिहीबार भएको खेलमा भुटानलाई बंगलादेशले २–० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै अन्तिम चारमा पुगेको हो । नेपाल समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।


ADVERTISEMENT

# # #


बंगलादेशसँग पराजित भएसँगै भुटान समूह ए बाट बाहिरिएको छ । विजयी बंगलादेश पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

बंगलादेशलाई जित दिलाउन मिश्रात जहान मौसमी र सविना खातुनले गोल गरे । मौसमीले खेलको ४७ औँ मिनेटमा कर्नरबाट आएको पासमा गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाइन् ।

तुलनात्मक रुपमा बलियो टोली बंगलादेशले भुटानविरुद्ध संघर्षपूर्ण जित निकालेको हो । पहिलो खेलमा भुटान नेपालसँग ३–० गोलले पराजित भएको थियो ।