काठमाडौैँ – खेलकुदमन्त्री जगत विश्वकर्माले २ वर्षभित्र काठमाडौंको मूलपानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण कार्य सम्पन्न गर्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार आफ्नो एक वर्षे कार्यकालको प्रमुख उपलब्धिहरूबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विश्वकर्माले काठमाडौंको मूलपानीमा निर्माणधीन क्रिकेट मैदान दुईवर्षभित्रै सम्पन्न गर्ने दाबी गरेका हुन् ।


ADVERTISEMENT

# # #


मन्त्री विश्वर्माले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक खेल पूर्वाधार निर्माण कार्य तीव्र गतिका साथ अघि बढाइएको पनि बताए। त्यसैगरी सरकारले सबै स्थानीय तहमा १ ÷१ वटा दीर्घकालीन महत्वका खेलग्राम निर्माणका लागि स्थानीय तह खेल पूर्वाधार निर्माण कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भइ कार्यान्वयनमा ल्याइएको पनि दाबी गरिएको छ।

मन्त्री विश्वकर्माले प्रदेश ५ को नेपालगञ्ज लगायतका जिल्लामा आयोजना हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित खेलका पूर्वाधार निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको पनि स्पष्ट पारे। युवा तथा खेलकुद मन्त्रालयले पर्यटकीय खेल गन्तव्यहरूको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण तथा उच्च धरातलीय खेलकुद प्रशिक्षण केन्द्र स्थापनाको कार्य पनि सुरू गरेको छ।

मन्त्री विश्वकर्माले खेल क्षेत्रको माध्यमबाट नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउन साहसिक तथा पर्यटकीय खेल गन्तव्यहरूको पहिचानका लागि आवश्यक पहलकदमी लिन सो प्रशिक्षण केन्द्र स्थापनाको कामलाई अघि बढाइएको पनि बताए।

मन्त्री विश्वकर्माले चालू आर्थिक वर्ष भित्रै देशका विभिन्न भागमा ६ वटा रंगशाला, १९ वटा कभर्ड हल, ७ वटा क्रिकेट मैदान र विभिन्न ९० स्थानमा स्थानीय खेल मैदान निर्माण कार्यलाई तीव्रता दिने योजना बनाइएको बताए।