काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेलिरहेको छ ।


ADVERTISEMENT


सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेल मैदानमा अपरान्ह तीन बजेदेखि सुरु भएको हो । खेल आफ्नो पक्षमा पार्ने रणनीति बुन्न दुवै टिम लागेका छन् ।


ADVERTISEMENT

# # #


नेपालको तर्फबाट विमल घर्तीमगर, अनन्त तामाङ, हेमन्त थापामगर, एलन नेउपाने, कमल श्रेष्ठ, दिनेश राजबंशी, अञ्जन बिष्ट र सुनिल बललगायतका खेलाडी मैदानमा उत्रिएका छन् ।

बङ्गलादेशविरुद्धको खेल र युएइमा हुने छनोट प्रतियोगिताका लागि मुख्य प्रशिक्षक शाक्यले आइतबार घर्ती मगरको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए ।

 खेल प्रत्यक्ष हेर्नका लागि तलको बक्समा क्लिक गर्नहोस् :