काठमाडौँ – प्रभु बैंकले संखुवासभा र उदयपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले संखुवासभाको खाँदवारी नगरपालिका वडा नं. १ र उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ गाईघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


खाँदवारी शाखा कार्यालयको खाँदवारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले एक समारोहका विच समुद्घाटन गरे। त्यसैगरी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाट शाखाको माननीय प्रदेश सभासद हिमाल कार्कीले उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


खाँदवारी शाखा कार्यालय र गाईघाट शाखा कार्यालय समुद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका दुवै प्रमुख अतिथीले बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।

आजदेखि सञ्चालनमा आएका बैंकका गाईघाट शाखा र खाँदवारी शाखाबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु लाभान्वित हुने बैँकले जनाएको छ ।