काठमाडौँ – एनआईसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेन्द्र रायमाझी नियुक्त भएका छन् । क्यापिटलको ५५औं सञ्चालक समितिको बैठकको निर्णय अनुसार रायमाझी नियुक्त भएका हुन् ।


ADVERTISEMENT


रायमाझीले विगत ११ वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन् । विगतको कार्यसम्पादन तथा कार्यअनुभवहरुबाट उनको कार्यकालमा क्यापिटलको समग्र व्यवसायमा विस्तार हुनुका साथै क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सुविधाहरुमा उत्कृष्ट रहने कम्पनीको विश्वास छ ।


ADVERTISEMENT

# # #


एनआईसी एशिया क्यापिटलले सेवाग्राहीको सहजतालाई मध्यनजर गर्दै उच्चतम प्रविधि तथा उत्कृष्ट जनशक्तिको सहायताबाट गुणस्तरीय, सेवा प्रदान गर्दै आईरहेको छ ।