जाकार्ता– इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ । भूकम्पपछिको तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


स्थानीय समय अनुसार दिउसो १ बजेर ३७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु उत्तर पश्चिमी जैलोलोमा रहेको अधिकारीहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #


‘अहिलेसम्म तुफानको कुनै सम्भावना देखिएको छैन,’ एक अधिकारीले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिए ।

प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको उल्लेख नभएको समाचारमा जनाइएको छ । –सिन्ह्वा