एजेन्सी – मेघना गिलाजरको निर्देशनमा दीपिका पादुकोणको नयाँ चलचित्र आउँदैछ। नाम हो ‘छपाक’ ।


ADVERTISEMENT


फिल्म एसिड आक्रमणबाट बचेकी लक्ष्मी अग्रवालको कथामा बनाइएको छ । जब लक्ष्मी १५ वर्षको थिइन्, कसैले उनलाई एसिड आक्रमण गर्यो । जसले उनको अनुहार, घाँटी, र हातहरु जले । यस्ता एसिड आक्रमण त भारतमा प्राय दिनदिनै भइरहन्छन् । तर यो घटनामा किन फिल्म बन्दैछ ? वा दीपिका पादुकोण कसरी आक्रषित भइन् ?


ADVERTISEMENT

# # #


पहिले लक्ष्मीको कहानी जान्नुहोस्

दिल्ली निवासी लक्ष्मी जब १४–१५ वर्षकी थिइन्, उनलाई गुड्डू नामका एक जनाले प्रेम प्रस्ताव गरे । दोब्बर उमेरका ती व्यक्तिको प्रस्तावलाई लक्ष्मीले अस्वीकार गरिदिइन् ।

जतिबेला सन् २००५ मा खान मार्केटमा लक्ष्मी एक किताब किन्नका लागि गइरहेकी थिइन् । त्यतिबेला अचानक पछाडीबाट तीन जना व्यक्ति आए । त्यसमध्ये एक थिए नदिम खान । यी उनै थिए, जसलाई गुड्डू नामले बोलाइन्थ्यो । यी तिनै व्यक्ति थिए, जसले लक्ष्मीलाई प्रेम प्रस्ताव गरेका थिए ।

उनी आफ्ना साथीहरुसंग आएका थिए र हातमा थियो बियरको बोतल । त्यसभित्र एसिड थियो । उनले बोतलभित्रको सबै एसिड लक्षीमाथि खन्याए ।

लक्ष्मीलाई उक्त घटनापछि नयाँ दिल्लीस्थित राममनोहर लोहिया अस्पतालमा भर्ना गरियो । जहाँ उनी उपचारका लागि तीन महिनासम्म रहिन् । इण्डियन एक्सप्रेसलाई दिएको एक् अन्तर्वार्तामा उनले भनेकी छन्, ‘जुन वार्डमा म थिएँ, त्यहाँ कुनैपनि किसिमको ऐना थिएन । हरेक बिहान नर्स मलाई फ्रेस हुनका लागि एक बोतल पानी दिन आउँथिन् । र म त्यो पानीमा आफ्नो प्रतिबिम्ब हेर्ने प्रयास गर्थेँँ । जसमा म आफूलाई सिर्फ ब्याण्डेज बाँधेको एक अनुहार बाहेक केही देखिनँ । आक्रमणभन्दा पहिलो मेरो नाकमा एउटा चिनो थियो । मैँले अप्रेसनको बेला डाक्टरलाई उक्त चिनो हटाइदिन भनेँ । जब मैँले आफ्नो अनुहार राम्रोसंग देखेँ, स्तब्ध भएँ । मेरो अनुहार बचेको थिएन । मेरो आँखाको कुनै आकार थिएन ।’

यो सब भएपछि पनि लक्ष्मीले धेरै मेहनेत गरिन् । पछिल्लो वर्ष उनी आर्थिक समस्याले पनि गुज्रिएको खबर आएका थिए । दुईबीचमा आपसी सहमति नभएको भन्दै उनका ‘लिभ–इन पार्टनर’ आलोक पनि उनीबाट अलग भइसकेका थिए । उनकी छोरी पिहूको संरक्षणको जिम्मा लक्ष्मीलाई छ । यी सबै खबर बाहिर आएपछि उनी सबैको नजरमा परिन् र उनीमाथि फिल्मको पनि घोषणा भयो ।

मेघना गुलजारको यस फिल्मलाई दीपिका पादूकोणले निर्माण गर्दैछिन् । फिल्ममा उनका साथ विक्रान्त मेसी देखिनेछन् । उनले योभन्दा पहिले बेवसिरिज मिर्जापुर र फिल्म ‘डेथ इन अ गन्ज’ मा समेत काम गरेका छन् ।

दिल्लीमा सुटिङ भइरहेको फिल्म अर्को वर्षको जनवरी १० मा प्रदर्शनमा आउनेछ ।