काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा भेरी–कर्णाली बुद्विजीवी परिषद्का इन्चार्ज धनराज शाही पक्राउ परेका छन् ।


ADVERTISEMENT


विप्लव नेतृत्वका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परेको १२ घण्टा नबित्दै शाहीलाई कालिकोटबाट प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माका अनुसार विप्लव समूहका कालिकोटका जनसरकार प्रमुख समेत रहेका शाहीलाई मोल्पा भन्ने ठाउँबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका शाहीलाई जिप्रका लगिएको र अनुसन्धान भइरहेको डीएसपी शर्माले बताए ।