काठमाडौँ – धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि पत्रकार ऋषि धमला र नायिका एलिजा गौतमले तीन लाख सहयोग गरेका छन् ।


ADVERTISEMENT


उनीहरुले एलिजाको जन्मदिनको अवसर पारेर सोमबार सिताराम कट्टेल ‘धुर्मुस’  र कुञ्जना घिकिरे ‘सुन्तली’लाई एक लाख रुपैयाँ प्रदान गरेका छन् । यस्तै धमलाले आफ्नो तर्फबाट रंगशाला निर्माणका लागि थप दुई लाख रुपैयाँ दिने प्रतिवद्धता जनाएको फाउण्डेसनले जनाएको छ ।


ADVERTISEMENT

# # #


फाउण्डेसनको संयोजकत्वमा दुई वर्षभित्र भरतपुरमा क्रिकेटसहितको बहुउद्देश्यीय रंगशाला निर्माण गरिने बताइएको छ । जसका लागि डीपीआरको काम अघि बढिसकेको फाउण्डेसनले जनाएको छ । रंगशाला जनस्तरबाटै सहयोग उठाएर निर्माण गरिनेछ ।