काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडा र एसियाली विकास बैंक (र्एडीबी)का उपाध्यक्ष चेनबीच भेटवार्ता भएको छ । लगानी सम्मेलनमा भाग लिन आएका चेनसंग अर्थमन्त्रीले शिष्टाचार भेट गरेका हुन् ।


ADVERTISEMENT


भेटवार्तामा अर्थमन्त्री खतिवडाले नेपालले संघीयता कार्यान्वयनका सन्दर्भमा वर्तमान सरकारले एक वर्षमा गरेका कार्यहरु बारे जानकारी दिंदै नेपालको आर्थिक सामाजिक विकास हालसम्ममा बैंकले गरेको सहयोगको लागि धन्यवाद दिए । उर्जा, सडक सञ्जालको विकास, पर्यटन, कृषि लगायतका क्षेत्रमा थप सहायता परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो ।


ADVERTISEMENT

# # #


उपाध्यक्ष चेनले निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि वर्तमान सरकारले लिएका सुधारका प्रयासहरुको प्रशंशा गर्दै वर्तमान सरकारले राजनैतिक स्थायित्व दिन सक्ने र विकासका लागि धेरै काम गर्न सक्ने अवसर भएको बताए ।

छलफलको क्रममा उपाध्यक्षले वर्तमान सरकारको प्राथमिकता अनुसार भौतिक पूर्वाधारको विकास र खासगरी पूर्व पश्चिम राजमार्गको स्तरोन्नती, मेलम्ची खानेपानी दोश्रो आयोजनाको कार्यान्वयन, दुधकोशी, उर्जा विकास, पर्यटन पूर्वाधार, कृषि विकास लगायतका क्षेत्रहरुमा सहयोग बढाउँदै जाने प्रतिवद्धता व्यक्त गरे ।

अर्थमन्त्री खतिवडाले लगानी सम्मेलनमा उपाध्यक्ष चेनको नेपाललाई थप सहयोग गर्न तयार रहेको धारणाको लागि धन्यवाद दिए । भेटमा बैंकका नेपाल स्थित आवासिय निर्देशक मुख्तर खमुदखानोव तथा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल समेत सहभागी थिए ।