टीकापुर – पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले रेशम चौधरीले जेल जानु परे आफू र पुष्पकमल दाहाल प्रचण्ड समेत जेल जानुपर्ने स्थिती आउनु पर्ने बताएका छन् ।


ADVERTISEMENT


सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठसहित कैलालीको टीकापुर पुगेका भट्टराईले टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक रुपमा नै समाधान खोजिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


टिकापुर घटना स्थलमै गएर सार्बजनिक छलफल कार्यक्रममा बोल्दै भट्टराईले राजनीतिक घटनाको फैसला अदालतबाट गरिए आफूसहित नेकपाका अध्यक्ष प्रचण्ड लगायतका जनयुद्धका नेताहरु पनि जेल जानुपर्ने भट्टराईले खुलासा गरेको नयाँ शक्ति पार्टी नेपालका सुदूरपश्चिम संयोजक कृष्णकुमार चौधरीले बताएका छन् ।

अदालती बाटोबाट टीकापुर घटनाको समाधान कुनैपनि हालतमा हुन नसक्ने डा भट्टराईको दाबी छ।

खुला छलफलमा थारु नेता लक्ष्मण थारु, नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष भानुराम थारु, नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, नागरिक समाज, स्थानीयलगायतको ठूलो उपस्थिति रहेको थियो । खुला छलफल कार्यक्रम कैलालीका बिभिन्न स्थानहरुमा निरन्तर अघि बढ्ने नयाँ शक्तिले जनाएको छ ।