काठमाडौं – नेपाल प्रेस युनियन र प्रेस संगठन नेपाल ‘मिडिया कप फुटसल प्रतियोगिता २०७५’ को फाइनल प्रवेश गरेका छन् । नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा उनीहरु फाइनल पुगेका हुन् ।


ADVERTISEMENT


आज तेस्रो स्थानकालागि भएको खेलमा इमेज च्यानलले नेपाल टेलिभिजनलाई हराउदै विजयी भएको छ । दुबै टिमबिच ४ ४ गोल भएपछि टाइब्रेकरमा इमेज च्यानलले नेपाल टेलिभिजनलाई हराउदै तेस्रो हुन सफल भएको हो ।


ADVERTISEMENT

# # #


नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले संयुक्त रुपमा रेफ्रीलाई बल हस्तान्तरण गर्दै उद्घाटन प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सञ्चार क्षेत्रसंग सम्बन्धी विभिन्न एघार संघसस्थाका टोलीले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (ए), नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (बी), सूचना विभाग, प्रेस काउन्सिल नेपाल , नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (ए) , नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (बी) , इमेज च्यानल, नेपाल टेलिभिजन, नेपाल प्रेस युनियन र प्रेस संगठन नेपाल, नेपाल पत्रकार मञ्च लगायतले भाग लिएका थिए ।

फुटसल प्रतियोगिताको फाइनल भोली चैत्र १५ गते बिहान ९ः३० बजे वानेश्वर ओम शान्ति चोकस्थित शान्तिनगर फुटसलमा हुने महासंघका सचिव एवम् फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले जानाकारी दिए ।