काठमाडौं – नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको ‘मिडिया कप फुटसल प्रतियोगिता २०७५’ को उपाधि प्रेस संगठन नेपालले जितेको छ ।


ADVERTISEMENT


नेपाल प्रेस यूनियन र प्रेस संगठन नेपाल बिच उपाधिका लागि भएको फाइनल प्रतिष्पर्धामा प्रेस संगठन नेपालले ६-१ को गोल अन्तरले प्रतियोगिताको उपाधि हात पारेको हो । विजेता र उपविजेता टिमलाई महासंघका अध्यक्ष गोविन्द आचार्यले ट्रफी र मेडल हस्तान्तरण गरे ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा विजेताले दशहजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । उपविजेताले सातहजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् त्यस्तै तेस्रो स्थान हासिल गर्न सफल इमेज च्यानलले पाँचहजार नगद , ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

नगद र प्रमाणपत्र महासंघको स्थापना दिवस चैत १६ गते महासंघमै आयोजना हुने विशेष कार्यक्रममा वितरण गरिने महासंघका सचिव तथा फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले बताए । तस्बिर : नेपाल पत्रकार महासंघ