काठमाडौँ – माध्यामिक शिक्षा परीक्षा (एसइई) को प्रदेश नं २ मा सबै विषयका प्रश्नपत्र आउट भएको आशंका गरिएको छ ।


ADVERTISEMENT


यसअघि बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र बाहिरिएका थिए । प्रश्न पत्र आउट भएपछि प्रदेश २ को अवस्था तनावग्रस्त भएको छ ।


ADVERTISEMENT

# # #


आइतबार हुने स्वास्थ्य तथा शारीरिक विषयको प्रश्नपत्र पनि सामाजिक सञ्जालमार्फत आउट भएको छ । प्रश्नपत्र बाहिरिएसंगै राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा मन्त्रालय छलफलमा रहेका छन् । थप छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) गर्ने बताइएको छ ।

सम्बन्धित समाचार  :  चार घण्टाभित्र एसइई प्रश्नपत्रको रिपोर्ट पठाउन निर्देशन, सीआइबीले छानबिन गर्ने

सम्बन्धित समाचार  : एसइईमा लापरबाही, प्रश्नपत्र आउट भएपछि प्रदेश २ तनावग्रस्त