काठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिँह महरले नेपाली काँग्रेसलाई अनुशासित पार्टी बनाउनु पर्ने धारणा राखेका छन् । पार्टी सबैको साझा संस्था रहेको बताउँदै नेबिसंघका पूर्व अध्यक्ष समेत रहेका महरले संस्था र संस्था प्रमुखको मार्यादा राख्दा मात्र सशक्त पार्टी निर्माण हुने बताएका हुन् ।


ADVERTISEMENT


‘पार्टी सवैको साझा संस्था हो आफ्नो फेसबुक अकाउन्टमा लेख्दै उनले भनेका छन् ‘संस्था र संस्था प्रमुखको मार्यादा राख्दा मात्र शशक्त पार्टी निर्माण हुनसक्छ ।’


ADVERTISEMENT

# # #


पार्टी सभापति शेरबहादुर देउवा उपर आईरहेका अभिब्यक्ति गैर राजनीतिक र अनुशासन संस्कार बिपरित भएको भन्दै महरले त्यस्ता क्रियाकलाप गर्नेलाई कारबाहीको दायरामा ल्याएर नेपाली काँग्रेसलाई बलियो, शसक्त र अनुशासित पार्टी बनाउन ढिला गर्नु नहुने बताएका छन् ।

‘पछिल्लो पटक पार्टी सभापति र पार्टीको मान मर्दन गर्ने गरि गरिएका क्रियाकलापले पार्टीको अनुशासनलाई भँग गरेको छ’ उनको भनाई छ ‘यस्ता गतिबिधीलाई अनुशासनको दायरामा ल्याएर पार्टीलाई अनु़शासित, बलियो र शसक्त बनाउनुको बिकल्प छैन ।’