काठमाडौं । काठमाडौंका सडकमा सर्बसाधारणहरु ट्राफिक नियम अनुसार लाईनमा हुन्छन् तर भिआईपीका गाडीहरु भने भीडभाडका बीच पनि अनियन्त्रित गतिमा ट्राफिक नियम उलँघन गर्दै हुँईकिरहेका हुन्छन् ।


ADVERTISEMENT


सडकमा बसेका ट्राफिकहरु सामान्य बिषयमा पनि सर्बसाधारणलाई चिट काट्ने अनि दुख दिईदिईरहेका हुन्छन् । तर छेउमै ट्राफिक नियम र सडक मर्यादालाई धुलो चटाउँदै अनियन्त्रित गतिमा ट्राफिक नियम उलँघन गर्दै हिँडिरहेका भीआईपीका गाडीहरुलाई भने तिनै ट्राफिकहरु सलौट गर्दै पठाईरहेका हुन्छन् ।


ADVERTISEMENT

# # #


टडकारो प्रश्न उब्जिएको छ – आखिर कानून जनतालाई मात्रै हो या जनताले नै चुनेर पठाएका भीआईपीहरुलाई पनि त्यो कानून लाग्छ ? बिदेशतिर ठूलो मान्छे हुनुको मापन बढी कानूनको पालना र जिम्मेवारीबोधबाट झल्किन्छ तर हाम्रो देशमा भने जस्ले कानून मिच्यो त्यही ठूलो भन्ने बिकृत रुप प्रदर्शन भईरहन्छ । यस्कै उदाहरण छर्लङ्ग हुने गरी पछिल्लो समाचार आएको छ ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको छ। शनिबार बिहान बानेश्वरमा चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएर बीच सडकमै लडाएको हो ।

जिकज्याक सँग इमजेन्सी साईरन बजाएर हुइँकिएको सशस्त्रको बा १ झ ९५२७ नम्बरको गाडीले दुई जना सवार स्कुटरलाई ठक्कर दिएर अघि बढेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।

 

हेर्नुहोस् भाईरल भिडियो

 

https://www.facebook.com/chimsay.14/videos/344237896219022/?t=24