फागुन, १३ । सुनसरीको सिमरियास्थित शिव मन्दिर परिसरमा आज ग्यास सिलिन्डर पड्किदा आठजना भन्दा बढी घाइते भएका छन् भने एकको मृत्य भएको  छ ।


ADVERTISEMENT


घाइते हुनेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बिहान साढे ११ बजेतिर भएको घटनामा परी घाइते भएकामध्ये मोरङ कटहरी घर भएका सोमराज माझीको मृत्यु भएको हो।


ADVERTISEMENT

# # #


बेलुनमा ग्यास भर्ने क्रममा सिलिन्डर पड्किएर घाइते भएका मध्ये सिकिस्त माझीको नोबेल अस्पताल विराटनगरमा उपचार सम्भव नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो।

गम्भीर घाइते हुनेमा मोरङ गछियाकी ३२ वर्षीया तारा मण्डल र नाम नखुलेका एक पुरुष रहेका छन् । घाईते सबैको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बेलुन फुलाउने क्रममा ग्यास सिलिन्डर विष्फोट भएको थियो । ग्यास सिलिन्डरबाट बेलुन फुलाएर बिक्री गर्दै आएका दुहवी भलुवा नगरपालिका– ६ का व्यापारीद्वय भगवान साह र राधेश्याम साहलाई पक्राउ गरी आवश्यक सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले बताए ।

शिवरात्रि पर्वका अवसरमा पूजाआर्चनाका लागि मन्दिरमा भेला भएका भक्तजनको भीडभाड भएको स्थानमा अकस्मात बेलुन फुलाइरहेका बेला ग्यास सिलिन्डर विस्फोट भएकाले धेरै मानिस घाइते हुनपुगेको पनि उनले बताए ।