काठमाडौैँ – आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीले पुर्याएको क्षतीप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसले घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका आफन्तमा समवेदना प्रशट गरेको छ ।


ADVERTISEMENT


कांग्रेसले घाइतेहरुको उद्दार, उपचार तथा राहत कार्यमा तीव्रता दिन र विस्थापित हुन गएका परिवारहरुको पुनस्र्थापनका लागि नेपाल सरकारसँग आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै कांग्रेसले सम्बद्ध सबै भातृ एवं शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरुलाई उद्दार एवं राहत कार्यमा सकृयतापूर्वक जुट्न आह्वान गरेको छ ।