काठमाडौं – राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्माओलीको मानमर्दन हुने गरी फोटो बिगारेर सामाजिक सञ्जालमा पोष्‍ट गर्ने २ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा पाल्पा परान्दी गाउँपालिका–७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देही साबिक शंकरनगर गाविस –८ का २३ वर्षीय यमप्रसाद पन्थी रहेका छन् । गैरेलाई चैत १२ गते भक्तपुर नयाँठिमीबाट र पन्थीलाई चैत १३ गते चितवनबाट सो ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


दुवै जनालाई विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान कार्य भइरहेको अनुसन्धान ब्यूरोले जनाएको छ ।