काठमाडौँ– न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त ५ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । नियुक्ति सिफारिसका लागि मंगलबार बिहान बसेको न्यायपरिषद् बैठकले ५ न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको हो ।


ADVERTISEMENT


परिषद् स्रोतका अनुसार उच्च अदालतबाट दुई र कानुन व्यवसायीबाट तीन गरी पाँच जनाको नाम सिफारिस भएको छ ।


ADVERTISEMENT

# # #


जसअनुसार प्रकाश ढंगाना, सुस्मलता माथेमा र हरिप्रसाद फुयाल सिफारिस भएका छन् । त्यस्तै कुमार रेग्मी र मनोज कुमार शर्मा पनि न्यायाधीश सिफारिसमा परेका छन् ।

ढुंगाना र माथेमा उच्च अदालतका न्यायाधीश हुन् । फुयाँल भने केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला महान्यायाधिवक्ता नियुक्त भएका थिए ।