काठमाडौं – ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाल महिला फुटबल टिम म्यानमारसंग पराजित भएको छ । घरेलु टोली म्यानमारले नेपाललाई ३–१ ले पराजित गरेको हो ।


ADVERTISEMENT


मन्डलार थिरी रंगशालामा पहिलो हाफमा १ १ को बराबरी गरेको नेपालले दोस्रो हाफमा २ गोल खाएपछि पराजय भोग्नु पर्यो । नेपालले आफूभन्दाबलियो टोली म्यानमारसंग उत्कृष्ट खेल प्रदर्शन गरेपनि जित हासिल गर्न भने सकेन ।


ADVERTISEMENT

# # #


खेलको ३४ औँ मिनेटमा म्यानमारका लागि इ ओ ले गोल गरेर अग्रता दिलाइन् । त्यसपछि ४६ औँ मिनेटमा मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई बराबरीको स्थितिमा पुयाइन् । दोस्रो हाफमा नेपालले पटकपटक गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

म्यानमारले ५३ औँ मिनेटमा गोल गरेर पुनः अग्रता लियो । यस्तै ६३ औँ मिनेटमा इ ओ ले व्यक्तिगत दोस्रो गोल गर्दै म्यानमारलाई ३-१ को जित दिलाइन् ।