काठमाडौं – कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतीशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । उनले लोकतान्त्रिक समूहका सुनीलकुमार पोखरेललाई पराजित गरेका छन् ।


ADVERTISEMENT


श्रेष्ठले ४ हजार २२ मत प्राप्त गरेका छन् भने पोखरेलले ३ हजार ८ सय ७३ मत मात्र प्राप्त गरेको निर्वाचन कमिटीले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै महासचिवमा लोकतान्त्रिक उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । उनले लोकतान्त्रिकका सुरेन्द्र थापामगरलाई पछाडी पारेका हुन् । मतगणना सकिए पनि मतपरिणाम भने सार्वजनिक गरिएको छैन ।

कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार विजयी भएका छन् । बिहीबार साँझ सकिएको मतगणनामा चण्डेश्वरले लोकतान्त्रिक समूहका उम्मेदवारले भन्दा बढी मत ल्याएका हुन् ।