काठमाडौं । संविधानबिद डा. भीमार्जुन आचार्यको गजल एल्वम अतीत लोकार्पण गरिएको छ ।


ADVERTISEMENT


कालिकास्थानस्थित सर्वनाम थिएटरमा गर्भीलो उपस्थितिका साथ संगीतको दुनियाँमा अर्जुन मिलनका नामले समेत चिनिने आचार्यको अतीत सार्वजनिक भएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा गायक अर्जुन मिलन, वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, गीतकार दिनेश अधिकारी, वरिष्ठ लोक गायक नारायण रायमाझी, प्रा. डा. सनतकुमार वस्ती, प्रा. नारायण नेपाल, संगीतकार सन्तोष श्रेष्ठले गजल संग्रहको विमोचन गरेका छन् ।

एल्वममा ६ वटा गजलहरु संग्रहित छन् ।

नारायण नेपालको शब्द र यादव योगीको संगीतमा पहिलो गीत,

फूललाई दुख्यो होला तिमी चर्किदा,
रुखो प्यासो धरतीको माटो थर्किदा’

शव्द, संगीत अर्जुन मिलनको आफ्नैमा,

मौनताको शहरमा हल्ला चलेको छ,
हरदम किन किन जीवन गलेको छ

किरण खरेलको शब्द र अर्जुन मिलनको संगीतमा तेस्रो गजल,

एकान्तमा आँशु बन्दै झर्ने बानी बसिसक्यो,
सास फेर्दाफेर्दै पनि मर्ने बानी बसिसक्यो

डा. सनद कुमार वस्तीको शब्द र दिपक जंगमको संगीतमा,

ओठ तिम्रै गजल गुनगुनाइरहोस्,
जति बिर्से पनि याद आइरहोस्

सुमत कोइरालाको शव्द र महेश खड्काको संगीतमा,

जीवनको सार बल्ल मिल्दैछ सुस्त सुस्त,
बाँच्ने आधार बल्ल मिल्दैछ सुस्त सुस्त

यस्तै, अर्जुन मिलन स्वयमकै शब्द संगीतमा छैठौं गजल,

अतीतसँग आफूलाई साट्न पाए हुन्थ्यो,
हिजोको त्यो साथी भेट्न पाए हुन्थ्यो

कार्यक्रममा गायक अर्जुन मिलनले गजलका हरफहरु गाईरहँदा हल नै संगीतले गुञ्जयमान र मन्त्रमुग्ध बनेको थियो ।

मौलिक स्वरका धनी भीमार्जुनलाई गीतकार कालीप्रसाद रिजालले लेख्न र गाईरहन नछोड्न सल्लाह दिँदै भने ”नेपाली साहित्य क्षेत्रलाई अर्जुन मिलनको खाँचो छ।”