काठमाडौँ – मलेसियामा हुने यू-१९ विश्वकप एसिया छनोट क्रिकेटमा सहभागी हुन नेपाली यू-१९ टोली त्यसतर्फ प्रस्थान गरेको छ ।


ADVERTISEMENT


प्रतियोगिताको दाबेदार मानिएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, यूएई, सिंगापुर लगायत रहेका छन् । प्रतियोगिताको विजेता टोली अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकपका लागि छनौट हुनेछ ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसंगै आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सागर ढकाल रहेका छन् । यस्तै अभिषेक बस्नेत, कुशल मल्ल, हरि चौहान, प्रतिष जिसी र सूर्य तामाङले पनि अन्तिम १४ मा स्थान बनाएका छन् ।

यस्तै वैकल्पिकमा रभी कुमार साह, आकाश चन्द, लोकेश बम र शेर मल्ल रहेका छन् ।

नेपालले यसअघि प्रतियोगिताको अभ्यासका लागि भारतको आन्ध्र प्रदेशमा त्यहाँको यू-१९ टोलीसँग छ वटा अभ्यास खेल खेलेको थियो । जसमा नेपालले चारवटा जित हात पारेको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १४ खेलाडीले विश्वकप छनोटमा स्थान बनाएका हुन् ।